भरतपुर महानगरपालिकामा रेणु दाहाल विजयी

सरोज खनाल

चितवन, २१ साउन।

भरतपुर महानगरपालिकाको मेयर पदमा माओवादी केन्द्रकी रेणु दाहाल विजयी भएकी छिन् ।

 

एमालेका मेयर उम्मेदवार देबी ज्ञवालीलाई हराउँदै रेणु भरतपुरको मेयर पदमा निर्वाचित भएकी हुन् । यसबारे निर्वाचन अधिकृतको कार्यालयले औपचारिक घोषणा केहिबेरमा गर्दैछ । यस्तै उपमेयरमा कांग्रेसकी उम्मेदवार विजयी भएकी छिन् ।