भरतपुर मतगणना काण्ड आज बहस हुदै, आजै निर्णय होला त???

0
95

काठमाडौं, १५ साउन ।
लामो समयदेखी विवादित चितवनको भरतपुर महानगरपालिका वडा नम्बर १९ मा फेरि मतदान गर्ने कि नगर्ने भन्नेबारेमा आज आइतबार पनि सर्वोच्च अदालतमा बहस हुँदैछ । न्यायाधीशद्धय ओमप्रकाश मिश्र र पुरुषोत्तम भण्डारीको इजलासमा शुक्रबार बहस नसकिएपछि हेर्दाहेर्दैमा राखिएको यो विषयमा आइतबार बहस हुने सर्वोच्च अदालतले जनाएको छ । रिट दायर गर्ने पक्षको बहस सकेर प्रतिवादीलाई फेरि जवाफी बहस गर्ने समय दिनुपर्ने भएकाले आइतबार नै फैसला आउने सम्भावना भने कम छ । रिट दायर भएको दुई महिना पुग्न लाग्दा समेत फैसला नहुँदा महत्वपूर्ण विषयलाई सर्वोच्चले प्राथमिकता नदिएको र अन्यौल बढ्न सघाएको आरोप लाग्न थालेको छ ।

 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here