भक्तपुरमा बिनास्वीकृति प्लटिङ

0
345

भक्तपुर  ७ पुस । स्थानीय तहमा स्वीकृति नै नलिई मापदण्डविपरीत धमाधम जग्गा प्लटिङ गरिएको छ । चा“गुनारायण नगरपालिका–९, ताथलीस्थित कुम्पाकमा इन्द्रेणी नेपाल प्रालिलेस्वीकृतिबिनै जग्गा प्लटिङ गरको े स्थानीयकोगुनासोछ । अन्य नगरपालिकामा पनि बिनास्वीकृति जग्गा प्लटिङ गर्ने क्रम बढेको छ । ताथलीमा अवैधानिक रूपमा रूख ढालेर जग्गा प्लानिङ थालिएकोछ ।

प्रालिलेकरिब ५३ रोपनी क्षेत्रफलकोढिस्कोखनेर प्लटिङ गरको े स्थानीयले जनाएका छन्। प्रालिले नगरपालिकाको न्यूनतम मापदण्डसमेत पूरा नगरी प्लटिङ गरको े छ । जग्गा प्लटिङ गर्न नगरपालिकाकोसिफारिस लिई नगर विकास प्राधिकरणस“ग स्वीकृति लिनुपर्ने कानुनी प्रावधान छ । तर, उनीहरूलेबेवास्ता गर्दै आएका छन्। जग्गा प्लटिङ गर्दा आधारभूत आवश्कता बाटो, ढल निकासा, फोहोरमैला व्यवस्थापन,
खानेपानी, सामुदायिक क्षेत्र, परम्परागत आवासीय क्षेत्र, संस्थागत क्षेत्र, विकासशील क्षेत्र, सुरक्षित क्षेत्र, हरित क्षेत्रलगायतमा ध्यान दिन जरुरी हुन्छ । तर, उनीहरूलेव्यापारकोनाममा कतिपय जग्गाधनीलाईसमेत नसोधी उनीहरूको जग्गा मिचेर प्लानिङ गरको े स्थानीय रामकृष्ण
खायमलीले बताए ।

नगरपालिकाको सिफारिस नै नलिई प्लानिङ गरको े जग्गामा भौतिक संरचना तयार गरेनक्सापास रोक्का गर्ने नगरपालिकाले जनाएको छ । ‘नगरपालिकास“ग अनुमति नलिई नगरपालिकालेतोकेकोमापदण्डविपरीत जग्गा प्लानिङ गर्ने क्रम बढेकोछ,’ चा“गुनारायण नगरपालिकाका सूचना अधिकारी वीरबल अधिकारीलेभने, ‘मापदण्डविपरीत प्लानिङ गरको े जग्गामा नगरपालिकालेघर बनाउने स्वीकृति दि“दैन ।’ नगरपालिकामा जग्गा प्लानिङकोलागि सिफारिस लिन कोही नआएको उनले बताए ।

नगरपालिकाभित्र व्यक्तिगत वा व्यावसायिकतवरका लागि जग्गा प्लानिङ गर्दा भवन संहिता अपनाउनुपर्ने हुन्छ । नगरपालिकालाई कुनै जानकारी नै नदिई जथाभावी रूपमा सयौं रोपनी जग्गामा प्लानिङ गर्ने क्रम बढेको छ । बिनास्वीकृत प्लानिङ गरिएकोजग्गा खरिद नगर्न नगरपालिकालेआहानसमेत गरको े जनाएकोछ । जग्गा खरिद गर्नुअघि ती क्षेत्रमा नगरपालिकाको सिफारिसमा नगर विकास प्राधिकरणलेस्वीकृति दिनुपर्ने हुन्छ ।

‘आफूखुसी प्लानिङ बढेको छ, अब प्लानिङ गर्दा सुरक्षालाई ध्यान दिनु जरुरी छ,’ अधिकारीलेभने, ‘तर, जग्गा बिक्री गर्ने र खरिद गर्ने  दुवैलेमापदण्डकोख्याल गरको े पाइ“दैन ।’ ‘स्थानीय तह लागू भएयता नगरमा जग्गाकोकारोबार बढेकोछ तर, नगरपालिकालाई जानकारीसमेत गरको े छैन,’ उनलेभने।

प्रालिलेभनेमापदण्डमा रहेर विकसित घडेरी निर्माणका लागि प्लानिङ थालिएको जनाएको छ । ‘प्रालिले२०५९ देखि नैप्लानिङ सुरु गरको े हो,’ इन्द्रेणी नेपाल प्रालिका सीईओसरोज श्रेष्ठलेभने, ‘मापदण्डअनुरूप राज्यलाई कर तिररे व्यवसाय गर्दै आएका छौं ।’ नगर विकास प्राधिकरण जिल्ला आयुक्तकोकार्यालय भक्तपुरका अनुसार हालसम्म २६ वटा संस्थाले मात्र स्वीकृति लिएका छन्।

 

२०७४ पुस ७ गते प्रकाशित