बोलेरो दुर्घटना हुदा बिद्यार्थीको मृत्यु

सिन्धुली, १५ असार ।
सिन्धुलीको कमलामाई नगरपालिका–७ उका पुल नजिकै विद्यार्थी बोकेको बोलेरो दुर्घटना हुँदा एकजनाको ज्यान गएको छ । गौमती माविमा अध्ययनरत विद्यार्थी बोकेको ज १ च १२९७ नम्बरको बोलेरो दुर्घटनामा स्थानीय विनोद मगरको ज्यान गएको हो । दुर्घटनामा घाइते भएका केहिलाई काठमाडौं ल्याइएको छ भने केहिको जिल्लाकै अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।