बेलाएतले आप्रवासीलाइ फिर्ता नगर्ने

लन्डन (बेलायत), १३ असार ।
आफ्नो देशमा बसोबास गर्दै आएका आप्रवासीलाई फिर्ता गर्न नचाहेको बेलायत सरकारले जनाएकोे छ ।

हिजो सोमबार बेलायती प्रधानमन्त्री टेरिजा मेले आफू युरोपियन युनियन (ईयू) सदस्य राष्ट्रबाट बेलायत आई बैध रुपमा बसोबास गरेका आप्रवासीकोे भविष्य के हुने भन्ने विषयमा चिन्ता अन्त्य गर्न चाहेको बताउनुभएको हो ।
आफुले ब्रेक्जिटपछि पनि अधिकार रक्षा गर्ने पक्षमा रहेको र उनीहरुलाइ बेलायत बसोबास गराउन चाहेको मेले बताउनुभयो । तर प्रधानमन्त्रीको यस भनाइप्रति प्रतिपक्षी लेबर पार्टीका जेरमी कर्बिन प्रधानमन्त्रीको करिब ३२ लाख युरोपेली आप्रवासीलाई सहयोग गर्ने योजना साह्रै ढिलो भएको भन्दै आलोचना गर्नुभयो ।