बेन्च डेस्क नपाएर विद्यार्थीको बिजोग ! कोही घरबाट बोरा लिएर, त कोही चिसो भुईमै

सप्तरीको दक्षिणी पश्चिमी ग्रामीण भेगका प्रायः जसो आधारभुत विद्यालयमा बेन्च, डेस्कलगायत आवश्यक फर्निचर नहुँदा कठ्याँग्रिँदो चिसोमा पनि बालबालिका भुईमा बोरा ओछ्याएर पढ्न बाध्य छन् ।

छिन्नमस्ता गाउँपालिकाको बमहुवास्थित बिपी राप्राविमा आईतबार बालविकास कक्षामा उपस्थित २१ जना बालबालिका चिसो भुईमा बसेर पढिरहेका थिए ।
उनीहरु सबै पाँच बर्ष उमेरमुनिका हुन् ।

तीमध्ये घरबाट बोरा लिएर आएका केही बोरमा र बाँकी चिसो भुईमा बसेका थिए ।

बेन्च डेस्क त परै जाओस् ओछ्यान् कार्पेट पनि नभएको प्रधानाध्यापक सुरेन्द्र मण्डलले बताए ।, आजको नागरिक दैनिकमा यो खबर छ ।