काठमाडौं, ३ पुस
जिल्ला खोटाङ साबिक दारेपाछिता ताल गा.बि.स. वडा नं. ९ बस्ने बर्ष २४ को अनिल चाम्लिङ राईलाई १ के.जी. ५०० ग्राम सालकको खपटासहित आइतबार प्रहरीले पक्राउ गरेको छ ।[ad id=”3474″]
बुढानिलकण्ठ नगरपालिका वडा नं.-३ चपली चोकबाट प्रहरी प्रधान कार्यालय केन्द्रीय अनुसन्धान व्यूरोबाट खटिएको प्रहरी टोलीले उक्त खपटा (आखेटोपहार) ओसार पसार गरी खरिद बिक्री गर्न भनि बोकी ल्याएको अवस्थामा राईलाई पक्राउ गरी आवश्यक कानूनी कारवाहीको लागि जिल्ला वन कार्यालय, हात्तिसार काठमाण्डौमा बुझाईएको छ ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
२०७४ पुस ३ गते प्रकाशित