चितवन, २८ जेठ ।

बालश्रमलाई पूर्ण रुपमा मुक्त गर्नुपर्ने कार्य चुनौतीपूर्ण रहेको एक कार्यक्रमका वक्ताहरुले बताएका छन् । आज ९आईतबार० बाल संरक्षण समिति, भरतपुर–९ ले आयोजना गरेको बालश्रम मुक्त वडा घोषणा, प्रभावकारिता र निरन्तरता सम्बन्धि अन्तरक्रिया कार्यक्रममा बोल्ने सहभागीहरुले यस्तो बताएका हुन् ।
कार्यक्रमकी प्रमुख अतिथि महिला तथा बालबालिका कार्यालय भरतपुरकी प्रमुख शान्ता कुमारी पौडेलले बालश्रम मुक्त क्षेत्र घोषणा मात्रै गरेर बालश्रम नरोकिने भन्दै यसको सही व्यवस्थापना चुनौतीपूर्ण रहेको बताईन् । बालश्रम मुक्त दिवसको पूर्व सन्ध्यामा आयोजित कार्यक्रममा पौडेलले बालश्रम रोक्नका लागी सबै नागरिक आ–आफ्नो ठाउँबाट सचेत हुनुपर्नेमा जोड दिईन् । उनले सरकारलाई मात्रै दोष थोपर्नु भन्दा हामी आफैले बलश्रम रोक्नका लागी कस्तो भूमिका निर्वाह गरिरहेका छौं भन्ने कुरा मनन् गर्न आवश्यक रहेको बताईन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here