बालबालिकालाइ अब एउटै सुइ लगाए पुग्ने

17
370

काठमाडौं, ३१ भदौ ।
बालबालिकालाई अनिवार्य रुपमा लगाइने खोप अब एउटै सुइबाट लगाउन सकिने भउको छ । लामो समयसम्मको खोज र अनुसन्धान पछीप्रविधिको विकास गर्न वैज्ञानिकहरु सफल भएका छन् । अमेरिकाको मासाचुसेस्ट्स इन्स्टियुट अफ टेक्नोलोजी (एमआइटी)का वैज्ञानिकहरुले एकप्रकारको ‘माइक्रोपार्टिकल’ अर्थात् स–साना कण तयार पारेर बालबालिकालाई लगाइने खोप एउटैमा समावेश गरेर सुई बनाउन सफल भएका हुन् ।
उक्त प्रविधिको विकास गर्न सफल भएपछि वैज्ञानिकहरुले भविष्यमा एउटै सुइबाट खोप लगाउन सकिने बताएकोे ’बीबीसी’ले उल्लेख गरेको छ ।
’साइन्स जर्नल’मा प्रकाशित अध्ययन अनुसार वैज्ञानिकहरुले एकैपटकमा खोप दिन सकिने उक्त सुईमा कफि कप आकारको निकै सानो क्याप्सुल राखेका छन् । उक्त क्याप्सुलले सुरुवाती खोपको पहिलो आवश्यक मात्रा र त्यसपछि समय–समयमा वृद्धि गर्ने ‘बुस्टरहरु’ छोड्नेछ ।