तेह्रथुम, ७ साउन ।
बाली भित्राउने बेला हुन थालेपछी तेह्रथुममा बादरको बिगबिगी बढ्न थालेको छ ।
तेह्रथुमको छथर गाउँपालिकामा पाक्नलागेको बाली बादरले खान थालेपछी किसान चिन्तित बनेका छन् । गाउँपालिकाको फाक्चामारा, हमरजुङ, पन्चकन्या लगायत गाउँमा किसानले लगाएको बालीनाली हुलका हुल बाँदर आएर नष्ट गर्ने गरेको कृषकहरुले गुनासो गर्ने गर्छन् ।
तमोर नदी किनार र जंगल मा परेका त्यहाका बस्तीहरुमा बाँदरले सताएपछि स्थानीय बासिन्दा बसाइँ सरेर अर्को स्थानतर्फ जान थालेका छन् बाँदरले त्यस गाउका झण्डै एक सय घरधुरीले लगाएको मकै, कोदोसहित विभिन्न अन्नबाली, तरकारी तथा फलफूलमा क्षति गरेका छन् ।
फाइल फोटो