बाढी पिडित सहयोगार्थ तिज कार्यक्रम गरीने

नुवाकोट, ३० साउन ।

देशका बिभिन्न स्थानमा गएको बाढीपहिरोमा परी पिडितहरुको लागी राहत संकलन गर्नका लागी अनलाइन रेडियो डिजिटल पत्रीका, रेडियो बृन्दाअनलाइन डटकम डट एन पि ले तिज कार्यक्रम गर्नेभएको छ । देशमा भैरहेको बिपत्तीमा सरकारी राहत पर्खेर बस्नुभन्दा आफै जुटेर सहयोग गर्ने सोच आएर राहत संकलन अभियान थालिएको रेडियो बृन्दा अनलाइनका प्रकाशक तथा सञ्चारकर्मी सुजन प्रेमीले बताउनुभयो । नुवाकोट जिल्लाको साविक दुइपिपल ९ डाडाखर्क पञ्चासे नुवाकोटको श्री पञ्चासे मावीको प्रांगणमा कार्यक्रम गर्न लागीएको हो । तिजको समयमा मनोरञ्जनका साथै सहयोग संकल गर्ने उदेष्यले थालिएको कार्यक्रममा ख्यातीप्राप्त कलाकारहरुद्धारा साँक्रितिक कार्यक्रमका साथै अन्य प्रश्तुती पनी रहने प्रेमीको भनाइ छ । तराइ दुख्दा पहाड हास्न नसक्ने भन्दै उहाँले सामाजिक सञ्जालबाट पनी अभियान थाल्नुभएको छ । थेरथोर सबैलाइ सहयोग गर्न आग्रह गर्दै उहाले सहयोग गर्न चाहने स्वदेश तथा बिदेशमा रहनुभएका महानुभावले सहयोग गर्न चाहे आफ्नो मोबाइल नं ९८४९८५३३८५ र ९८१३९८५५४० मा फोन, sujanpremi@gmail.com मा इमेल तथा इमो भाइबर लगाएतबाट ९८४९८५३३८५ मा म्यासेज गर्न सकिने बताउनुभएको छ । रेडियो बृन्दा अनलाइनको यो अभियानलाइ सबैले साथ दिनको लागी आग्रह गरिएको छ ।