बन्यजन्तुको हड्डीहरु सहित पक्राउ:

काठमाडौं,४ भदौ,

काठमाडौं महानगरपालिका–१७ क्षेत्रपाटीस्थित सडकमा बा.७२प ८६०२ नम्बरको स्कुटरमा सवार चिनका नागरिक १८ वर्षीय jaiwei र १९ वर्षीय Zhang Yueian लाई दुर्लभ बन्यजन्तुको हड्डी जस्तो देखिने विभिन्न साईजका हड्डीहरु १३ थान, नगद ३० हजार रुपैयाँ र स्कुटर सहित आइतबार प्रहरीले पक्राउ गरेको छ । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।