विश्वस न्युज डट कम राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा हामि कहिल्यै कसैसँग सम्झौता गर्ने छैनाै ।

फेसबुक चलाउदा ध्यान दिनै पर्ने १२ कुराहरु

सरोज खनाल

अहिलेको समयमा फेसबुक हाम्रो जीवनको अभिन्न अंग बनिसकेको छ । हामी आफ्नो ब्यतिगत भाबना देखि रिस सम्म फेसबुक पोख्ने मध्यम समेत फेसबुक बनिसकेको छ तर यो कहिले काँही हाम्रो लागि समस्याा पनि बन्नसक्छ ।त्यसैले आफ्नो गोप्य कुरा फेसबुकमा नगर्दा नै राम्रो हुन्छ । हाम्रो नीजि जानकारी फेसबुकमा हुने भएका कारण मानिसहरुले यसको गलत फाइदा उठाउने गर्दछन् । यस बीच यहाँ फेसबुक चलाउदा ध्यान दिनु पर्ने १२ कुराबारे उल्लेख गरेको छौ ।

 १ क्रेडिट कार्ड डिटेल्स
क्रेडिट कार्डको डिटेल्स कहिले पनि फेसबुकमा नराख्नुहोस् । अकाउन्ट ह्याक हुने सबैभन्दा ठूलो डर यसैबाट हुन्छ ।

२ फोन नम्बर
मोबाइल नम्बर तुरुन्त हाइड गर्नुहोस् । फेसबुक पेजमा कहिले पनि फोन नम्बर नहाल्नुहोस् । मानिसहरुले यसका गलत फाइदा ढिलो चाँडो तपाईंबाट उठाउनेछन् ।

३ जन्मदिन
ह्याकरले तपाईंको जन्मदिनले नै तपाईंको नीजि जिन्दगीमा खलबली मच्चाइदिन सक्छन् । यसमार्फत उनीहरु तपाईंको बैंकसम्म पुग्नसक्छन् जसका कारण तपाईंले निकै समस्या झेल्नुपर्ने हुन्छ ।

४ तेस्रो पाटि एप्लिकेशन 

जस्तै टेस्टोनि जस्ता एप्लिकेशनले तपाइको व्यक्तिगत जानकारी लिने र तपाईलाइ खतरा मा पार्न पनि सक्दछ तपाइलाई हावा जानकारी दिएर तेस्त्ता एप्लिकेशनहरुले पैसा कमाइरहेका हुन्छन यसका साथै तपाईका परिवार छिमेकि साथी सबैको जानकारी लिइरहेको हुन्छ

५ वास्तविक साथीलाई मात्र फेसुबकमा प्रवेश
अपरिचित मानिसहरुको फ्रेन्ड रिक्वेष्ट कहिले पनि असेप्ट नगर्नुहोला । आफ्नो चिनजानका साथीलाई मात्र यहाँ राख्नु बुद्धिमानी हुनेछ ।

६ रिलेसनशीप स्टेटस
यदि तपाईं कोही मानिसको प्रेममा हुनुहुन्छ अथवा कसैसँग ब्रेकअप भएको छ भने यस्ता कुराहरु फेसबुकमा समावेश नगर्नुहोस् । अरुले फाइदा उठाउनेछन् ।

७ आफ्नो बसलाई नजोड्नुहोस्
यो तपाईंको पर्सनल स्पेश हो । तपाईंको कुरा तपाईंको बसलाई नरम्रो लाग्न सक्छ जसका कारण तपाईंले अफिसमा झेल्नुपर्ने हुनसक्छ ।

८ आफ्नो लोकेसन कहिले पनि नबताउनुहोस्
फेसबुकमा तपाईं आफ्नो लोकेशन कहिले पनि ट्याग नगर्नुहोस् । थाहा छैन, कसले तपाईंमाथि नजर गाडिरहेको छ ।

९ छुट्टिको जानकारी 
याद राख्नुहोस्, यसो गर्दा तपाईंले ठूलो नोक्सानी व्यवहोर्नु पर्ला । यस्तो हुनसक्छ कि तपाईंले फेसबुकमा १५ दिनको लागि छुट्टीमा जाँदैछु भनेर लेख्नुभएको छ र त्यही १५ दिनमा तपाईंको घरमा चोरी पनि हुनसक्छ । त्यसकारण यस्ता कुराहरु फेसबुकमा नराख्दा राम्रो ।

१० परिवारको तस्बिर 
यस्तो गर्दा तपाईंले आफ्नो दुश्मनहरुलाई पनि आफ्नो परिवारसम्म पुर्याइरहनु भएको छ । परिवारको तस्बिर हाल्न तुरुन्त बन्द गर्नुहोस् ।

११ बालबच्चाको स्कूलको जानकारी 
तपाईंको आफ्नो साथीभाइसँग धेरै कुरा भन्न खोज्नुहुन्छ होला तर यसो भन्दैमा फेसबुकमा आफ्नो बालबच्चाको केही पनि जानकारी नहाल्नुहोस् । उनीहरुको स्कूलको केही गतिविधि पनि नहाल्नुहोस् । यसो गर्नुहुन्छ भने तपाईंलाई बेफाइदा नै हुन्छ ।

१२ लोकेशन सेटिङ्ग सधैं बन्द 
आइफोन होस् वा एन्ड्रोइड , लोकेसन सेटिङलाई सधैं बन्द राख्नुहोस् । यसो गर्दा तपाईंको स्थिती बारे अरुलाई थाहा हुन्छ र खबर पाएलगत्तै त्यस्ता व्यक्तिले केही भिन्न प्लानिङ गरेर तपाईंलाई हानी पुर्याउन सक्छ ।

सचेतनाको लागि सेयर गरिदिनुहोला ।

You might also like