पर्सा, २० पुस।

बिभिन्न मुद्धामा अनुसन्धानको क्रममा तथा अदालतको फैसला पश्चात फरार रहेका ३ जना प्रतिवादीलाई लुकिछिपी बसेको अवस्थामा प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा पर्साको बिजवनियाका २० वर्षीय नजमुल्लाह राउत गदी, रौतहटको ईशनाथ नगरपालिका–३ बस्ने ४५ वर्षीय शम्भुकुमार यादव र पर्साको मुडली बस्नेहरु ६० वर्षीय प्रितपंडित कुम्हार र ३५ वर्षीय जयनारायण पंडित कुम्हार रहेका छन् । २०७२ फागुन १६ गतेको सवारी ज्यान मुद्धाका प्रतिवादी नजमुल्लाहलाई बुधबार वीरगंजबाट, गत मंसिर २५ गतेको जबरजस्ती करणी मुद्धाका प्रतिवादी शम्भुलाई बिहीबार वीरगंजबाट तथा २०७३ असोज १ गतेको अपहरण तथा शरीर बन्धक मुद्धाका प्रित र जयनारायणलाई बुधबार मुडलीबाट प्रहरीले पक्राउ गरेको हो । उनीहरुका सम्बन्धमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here