काठमाडौं २६ मंसिर
मंसिर १० र २१ गते भएको प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनको प्रत्यक्ष तर्फको घोषणा भइरहेको छ । अब प्रत्यक्ष तर्फको मत परिणाम अन्तिम चरणमा पुगेको छ ।
यतिबेला देशभर समानुपातिकतर्फको पनि मतगणना धमाधम भइरहेको छ ।
निर्वाचन आयोगले दिएको पछिल्लो जानकारी अनुसार अहिलेसम्म समानुपातिकतर्फ पनि नेकपा एमालेले बढी मत पाइरहेको छ भने नेपाली कांग्रेसले एमालेलाई पछ्याइरहेको छ ।
माओवादी केन्द्र भने निकै पछाडि देखिएको छ । रवीन्द्र मिश्रको साझा पार्टी चौथो अवस्थामा देखिएको छ भने राष्ट्रिय जनता पार्टी पाचौ, राप्रपा छैठौ स्थानमा छ ।
नेपाल कम्युनिष्ट पार्टी (एमाले) | सूर्य | 2367028 |
नेपाली काँग्रेस | रुख | 2280209 |
एकल चिन्ह गोलाकारभित्रको हसिया हथौडा लिएका | गोलाकारभित्र हसिया हथौडा | 929890 |
संघीय समाजवादी फोरम, नेपाल | हातले समातेको मशाल | 328854 |
राष्ट्रिय जनता पार्टी नेपाल | छाता | 258609 |
राष्ट्रिय प्रजातन्त्र पार्टी | गाई | 155287 |
विवेकशील साझा पार्टी | तराजु | 154640 |
नयाँ शक्ति पार्टी, नेपाल | देब्रे आँखा | 64160 |
राष्ट्रिय प्रजातन्त्र पार्टी (प्रजातान्त्रिक) | गोलाकारभित्र हलो | 55575 |
राष्ट्रिय जनमोर्चा | गिलास | 38600 |