पुनरावलोकनका लागि नवाज सरिफका आग्रह अस्वीकार

0
328

इस्लामाबाद, ३१ भदौ ।

आफूलाई अपदस्थ गरिएको बिषयलाई लिएर पूर्वप्रधानमन्त्री नवाज सरिफले दिनु भएको सबै पुनरावलोकन आग्रहलाई पाकिस्तानको सर्वोच्च अदातलले खारेज गरिदिएको छ ।
बहूचर्चित पानामा पेपर्स भ्रष्टाचार काण्डमा उहाको नाम समेत मुछिएको सार्वजनिक भएपछि उहाँलाई सर्वोच्च अदालतले प्रधानमन्त्री पदको लागी अयोग्य ठहर गरी अपदस्थ गर्ने आदेश जारी गरेको थियो ।
साथै, उहाँमाथि स्रोत नखुलाई विदेशमा अकूत व्यक्तिगत सम्पत्ति राखेको आरोप पनि लगाइएको थियो । उहाँले यो आरोपको बारम्बार खण्डन गर्दै आउनु भए ता पनि सर्वोच्च अदालतको फैसलापश्चात् तत्कालै प्रधानमन्त्री पदबाट राजिनामा दिई देशमा उत्पन्न हुनै लागेको राजनीतिक अस्थिरतालाई बुद्धिमानीपूर्वक सफल अवतरण गराउनुका साथै पूर्णरुपमा प्रजातान्त्रिक निकासको बाटो खोलिदिनु भएको थियो ।
गतःबर्ष नै सार्वजनिक भएको पानामा पेपर्स भ्रष्टाचार काण्डमा मुछिएको आरोप लागेपछि प्रधानमन्त्री सरिफ र उहाँको परिवारविरुद्ध अनुसन्धानको क्रममा गत जुलाईको अन्त्यतिर सरिफलाई सर्वोच्च अदालतले पदबाट हट्न आदेश दिएको थियो ।
पाकिस्तानको ७० बर्षे इतिहासमा आफ्नो पूरा कार्यकाल नसकिदै पदबाट हट्नु परेको उहाँ १५औ प्रधानमन्त्री हुनुहुन्छ । उहाँलाई अत्यन्त बिलासी जीवन ब्यतीत गर्ने र बेलायतको लन्डनमा गोप्य रुपमा अकूत सम्पत्ति राखेको भनी सन्चार माध्यमहरुले बारम्बार आलोचना गर्दै आइरहेका थिए ।
पूर्वप्रधानमन्त्रीले पुनरावलोकनका लागि दिनु भएको सबै निवेदन खारेज गरिएको सर्वोच्च अदालतका न्यायाधिश असिफ साएद खोसाले बताउनु भएको छ । पुनरावलोकनका लागि सरिफले दिनु भएको निवेदन जाँचबुझ गर्न पाकिस्तानी सर्बोच्च अदालतमा गठित पाँच सदस्यीय न्यायिक समितिमा न्यायाधिश खोसा एकजना सदस्य समेत हुनुहुन्छ ।