पाथिभराको उपाधी चर्चब्वाइजले जित्यो

ताप्लेजुङ, ३० साउन ।

ताप्लेजुङमा सञ्चालित पाथीभरा गोल्डकप रनिङ फुटबल प्रतियोगिताको उपाधि चर्च व्याइज काठमाडौंले जितेको छ । सगरमाथा युवा क्लव बिराटचौक मोरङलाई ३–० गोल अन्तरले पराजित गर्दै चर्च व्याइजले उपाधि जितेको हो । उपाधिसँगै चर्च व्याइजले २ लाख ११ हजार १ सय ११ रुपैैयाँ पुरस्कार पाएको छ ।  सगरमाथाले १ लाख ११ हजार १ सय ११ रुपैयाँ पाएको छ । खेलको १२ औँ मिनेटमा जाङ्बु शेर्पाको गोलबाट अग्रता लिएको चर्च व्याइजले मध्यान्तर अघि नै १–० को अग्रता कायम गरेको थियो । विजयी टीम तथा खेलाडीलाई जिल्ला समन्वय समिति संयोजक घनेन्द्र मादेन, प्रमुख जिल्ला अधिकारी नरबहादुर खड्का लगायतले पुरस्कार तथा प्रमाण पत्र बितरण गरेका थिए ।