पहिलो चरणको संसद र प्रदेश चुनावको मतदान सुरु, चिसोले रोकेन मतदातालाई

26
610

बाग्लुङ्, १० मंसिर

संविधान कार्यान्वयन तथा राजनैतिक स्थिरता तर्फ उन्मुख गराउन अत्यावश्यक रहेको संसद तथा प्रदेश चुनावको पहिलो चरणको मतदान आज बिहान ७ बजेदेखि ३२ जिल्लामा सुरु भएको छ ।

बढ्दो चिसो र प्रतिकुल मौसमका बाबजुद मतदाता आफ्नो मताधिकार प्रयोग गर्नको लागि बिहानैदेखि मतदान केन्द्रमा लाम लागेको छन् ।
प्रदेश नं १ का ७, प्रदेश नं ३ का ६, प्रदेश नं ४ का ६, प्रदेश नं ५ का २, प्रदेश नं ६ का ७ र प्रदेश नं ७ का ४ जिल्लामा यो निर्वाचन भइरहेको छ ।

आज भइरहेको प्रतिनिधि तथा प्रदेशसभा सदस्य निर्वाचन पहिलो चरणमा प्रतिनिधिसभातर्फ ३७ निर्वाचन क्षेत्र र प्रदेशसभातर्फ ७४ निर्वाचन क्षेत्रमा यो निर्वाचन हुँदैछ । फोटोः सरोज खनाल