झापा, ११ साउन ।
जिवन बिमा कम्पनी, नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले झापाको गौरादहमा उपशाखा कार्यलय सञ्चालनमा ल्याएको छ ।
आफ्ना सेवाग्राहीहरुलाई गुणात्मक जीवन बीमा सेवा उपलब्ध गराउने उदेश्यले झापा जिल्लाको गौरादहमा उपशाखा कार्यलय स्थापना गरेको हो । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी प्रती जनबिश्वास बढ्दै गइरहेको बेलामा झापा जिल्लाका गौरादह लगाएत आसपासका बासिन्दाहरुलाइ प्रत्यक्ष लाभ मिल्ने कम्पनीले जनाएको छ । कार्यलय उद्घाटन कार्यक्रममा बीमा समितिका निमित्त कार्यकारी निर्देशक श्रीमान कार्की को प्रमुख आतिथ्यता रहेको थियो ।
तस्बिर श्रोत संस्थाको फेसबुक