नेपाल टेलिकमको थप सेवा, अनलाइनबाटै डाटाप्याक, कसरी किन्ने ??? (तरिकासहित)

काठमाडौ, १० साउन ।
नेपाल टेलिकमले उपलब्ध गराएका विभिन्न डाटा प्याकेज अब अनलाइनबाटै खरिद गर्न सकिने भएको छ ।

नेपाल टेलिकमको वेवसाइटमा गएर आफूले प्रयोग गर्ने जीएसएम वा सीडीएमए मोबाइलका मूल्य र समयावधिसमेत दिएको विभिन्न डाटा प्याकेजहरु छनोट गरेर त्यसपछि ग्राहकले आफ्नो मोबाइल नम्बर र पीयूके (एग्प्) नम्बर राखेर प्याक बटन थिचे पछि ग्राहकको मोबाइलमा आवश्यक डाटा प्याकेज उपलब्ध हुने तर यसका लागि मोबाइलमा आवश्यक ब्यालेन्स हुनुपर्ने टेलिकमले जनाएको छ । त्यस्तै १४१५ मा एसएमएस पठाएर र डाएल गरेर पनी डाटाप्याक किन्न सकिने छ ।