नेपाली तेल ट्याङ्करलाइ भारतमा जलाइयो

सुनौली, ५ कात्तिक ।
भारतबाट नेपालमा इन्धन ढुवानी गर्ने नेपाल आयल निगमको ट्याङ्करलाइ भारतियहरुले जलाएका छन् । भारतमा इन्धन लिने जाने क्रममा लु १ ख ७३३० नम्बरको ट्यांकरले रुपन्देहीको सिमावर्ती शहर भारतको महाराजगञ्ज जिल्ला सुनौलीमा एकजना भारतीय नागरिकलाई ठक्कर दिँदा घटनास्थलमै मृत्यु भएपछि स्थानीयबासीले आगजनी गरेको इलाका प्रहरी कार्यालय बेलहियाका प्रमुख रविन विष्टले जानकारी दिनुभयो । मृतक भारतीय नागरिक भएपनि उनको पहिचान नखुलेको र भैरहवाबाट गएको दमकलले आगोलाई नियन्त्रणमा लिएको सिमा प्रहरी कार्यलय बेलहिया नाकाले जनाएको छ ।