नेपालको डिभिजन टू घटुवा निश्चित

काठमाडौ, ३० असोज ।
आईसीसी विश्व क्रिकेट लिग च्याम्पियनसिप अन्तर्गत नेपालको डिभिजन टू घटुवा निश्चित भएको छ । हङकङबिरुद्धको दोस्रो खेलमा बर्षाका कारण रद्ध भएपछि नेपालको डिभिजन टू घटुवा निश्चित भएको हो । हङकङमा हिजो आइतबार आएको सामुद्रिक तुफानसँगै वर्षा भएपछि आज सोमबार का लागि सारिएको खेल पनि वर्षाले स्थगित भएपछी अम्पायरले दुवै टोलीलाई एक एक अंक बाँड्ने निर्णय गरे । यसअघि शुक्रबार भएको पहिलो खेलमा नेपाल हङकङसँग ८३ रनले पराजित भएको थियो ।