नुवाकोटमा मतपेटिका बोकेको टोलीलाई निशाना बनाइ बम विस्फोट

0
241

नुवाकोट १० मंसिर
नुवाकोटको विदुर नगरपालिका ७ तुप्चेको चण्डेश्वरी मतदानस्थलको मतपेटिका लिएर सदरमुकाम विदुर आउँदै गरेको टोलीलाई लक्षित गरि बम विस्फोट गराइएको छ ।
आइतवार चुनाव सम्पन्न भएपछि मतपेटिका लिएर फर्किदै गरेको टोलीलाई विदुर नगरपालिका वडा नं ७ र ९ को सिमानामा रहेको अधेरीखोलामा विस्फोट गराइएको हो ।
विस्फोटबाट कुनै प्रकारको मानवीय वा भौतिक क्षति भने नभएको जिल्ला प्रहरी प्रमुख प्रहरी उपरिक्षक बसन्तबहादुर कुँवरले जानकारी दिए । यसका साथै प्रहरीले यस विषय उपर अनुसन्धान थालिसकेको पनि जनाएको छ ।