नुवाकोटको शिवपुरी गाउँपालिकाको वडा सदस्यमाथी दुव्र्यवहार:रातारात कालोमोसो दलियो

15
260

नुवाकोट, १ असोज ।
नुवाकोट जिल्लाको शिवपुरी गाउँपालिकाका वडा सदस्यमाथी दुव्र्यवहार गरिएको छ । नेपाल कम्युनिस्ट पार्टीका कार्यकर्ताले शिवपुरी गाउँपालिका वडा नं ४ सिक्रेका वडा सदस्य उद्धवबहादुर थापालाई गएराति कालो मोसो दलेर दुव्र्यवहार गरेका हुन् । नेपाली काँग्रेसको तर्फबाट वडा सदस्यमा निर्वा्चित थापालाई पदीय जिम्मेवारी पूरा नगरेको र शक्तिको दुरुपयोग गरेको अभियोग लगाउँदै मोसो दलेर ‘जनकारबाही’ गरेको नेकपाका जिल्ला सेक्रेटरी सागर तिमिल्सिनाले विज्ञप्तिमा उल्लेख गर्नुभएको छ ।
पूर्व प्रहरी हवल्दारसमेत रहनुभएका थापाले गाउँमा सञ्चालन गरेको औषधि पसल अवैध रहेको र त्यसबाट बिरामीको स्वास्थ्यमाथि खेलबाड गरेको र आव २०६३÷६४ मा झोलुङ्गे पुल निर्माणका लागि निर्माण समितिको अध्यक्ष बनेर प्राप्त बजेट अनियमितता गरी पुलको निर्माण अझै शुरु नगरेकाले जनताबाट आएको उजुरीका आधारमा पहिलो चरणमा सचेतस्वरुप मोसो दलेको र नसच्चिए थप कारबाही गर्ने विज्ञप्तिमा उल्लेख छ । मासो दलेको प्रति सम्बन्धीत पक्षले भने षड्यन्त्र भएको भनी आपत्ती जनाएको छ ।