नुवाकोटको दुइपिपलमा कराते डोजो लोकप्रिय बन्दै

 

डिल बहादुर लामा
दुइपिपल नुवाकोट, १३ साउन ।

नुवाकोटको दुइपिपलमा कराते खेल लोकप्रिय बन्दै गएको छ ।

खेलकुदलाई जिवनको अभिन्न अंग मान्दै नुवाकोटको (बेलकोटगढी नगरपालिका वडा न.६) साबिक दुईपिपल गाउँ विकास समिती वडा न.२ देउरालीमा विक्रम सम्बत २०७२ सालमा मालिका सितोरियो कराते डोजो गठन भएको थियो । स्थानीय युवा खेल जगतमा सक्रिया रहेको प्रताप तामाङको नेतृत्वमा यस डोजोबाट स्थानीय क्षेत्रमा रहेका खेलमा चासो राखेका तमाम खेलाडीसँगको मेलमिलापको अवधारणामा अगाडि बढेको तामाङले बताउनुभयो ।

तामाङले देश बिदेशका खेलप्रेमी साथीहरूबाट दुइलाख पचास हजार रुपैया आर्थिक सहयोग जुटाइ. खेल मैदान बनाउनुको साथै खेलकुद सामाग्री ब्यबस्थापन गरेको बताउनु भयो । स्वास्थका लागि खेल सुरक्षाको लागि खेल भन्ने नाराका साथमा एक खेलको रुपमा खेलाडीप्रति तिब्र तरिकाले मनोबैज्ञानिक ढंगले सक्रियता देखाउन सफल भएको छ।उक्त डोजोको प्रमुख तथा कोच समेत रहनु भएको तामाङले सुरुवातदेखि अहिलेसम्म धेरै खेल जगतमा विकास गराउन सफल भएको बताउनुभएको छ ।

हाल कर्ण बहादुर तमाङको अध्यक्षतामा सञ्चालित उक्त डोजोमा सचीव केशव बास्कोटा र कोषाध्यक्ष पम्फा मगर रहनु भएको छ प्रशिक्षका लागि सुसिला तामाङ, ऐचन तामाङ, प्रकाश तामाङ, रहनुभएको छ । २० जनाले हाल सम्म यस डोजोबाट ब्ल्याकबेल्ट पाइसकेका छन् । जिल्लामा हुने गरेको खेलमा सहभागी जनाउदै प्रथम भै गोल्ड मेडल समेत प्राप्त गर्न पाउँदा खुसी लागेको प्रशिक्षक सुसिला तामाङ बताउनुहुन्छ ।