नुवाकोटको थानाभञ्ज्याङमा बस दुर्घटनामा परि मृत्युहुनेको संख्या ६ पुग्यो, (अपडेट)

0
401

नुवाकोट, २४ भदौ ।

काठमाडौंबाट नुवाकोटको खरानीटार जादै गरेको बा १ ख ६३४८ नम्बरको बस आज शिवपुरी गाउँपालिका ७ स्थित सुनखानीको थानाभञ्ज्याङमा दुर्घटना हुँदा ६ जनाको ज्यान गएको छ । दुर्घटनामा परी ३० जना घाइते भएका छन् । दुर्घटनामा परी विदुर नगरपालिका(९ का २१ वर्षीय शशी बोगटी, तादी गाउँपालिका(५ नर्जामण्डपका ४५ वर्षीया लक्ष्मी न्यौपाने र ६७ वर्षीया ठूलीमाया तामाङको घटनास्थलमा नै ज्यान गएको प्रहरी नायव उपरीक्षक मधुकरजंग विष्टले जानकारी दिनुभयो ।
त्यस्तै, लालबहादुर तामाङ र उजेली मिजारको उपचारका क्रममा काठमाडौंस्थित ग्रीनसिटी अस्पताल तथा सबिना तामाङको विपी स्मृति अस्पताल, बसुन्धरामा ज्यान गएको प्रहरीले जनाएको छ ।
दुर्घटनामा घाइते भएका ३० जनाको राजधानीको ग्रीनसिटी, ग्राण्डी, बिपी स्मृतीलगायतका अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ । घाइते अधिकांशको अवस्था गम्भीर रहेको छ । थानाभञ्ज्याङ स्थित लो(टोलमा घुम्तीमा मोड्ने क्रममा बस सडकबाट तल खसेर दुर्घटना भएको थियो । बस दुर्घटनाबाट स्थानीय सीता तामाङको दुई तले घर पूर्णरुपमा क्षति भएको छ ।