नुवाकोटको थानभन्ञ्याङमा यात्रुबाहक बस दुर्घटना ४ जनाको मृत्यु

16
264

नुवाकोट, २४ भदौ ।

नुवाकोटको यात्रुबाहक बस थानभन्ञ्याङमा दुर्घटना भएको छ । काठमाडौ बाट नुवाकोटको खरानिटार जादैगरेको बा १ ख ६३४८ नंबरको यात्रुवाहक बस शिवपुरी गाउँपालिका वडा नं ७ थानभन्ञ्याङमा दुर्घटना हुदा ४ जनाको घटनास्थलमा नै मुत्यु भएको प्रहरीले जनाएको छ । बस के कारणले दुर्घटना भएको र बसमा कती यात्रु थिए भन्ने पुष्टि भै नसकेको जिल्ला प्रहरी कार्यलय नुवाकोटले जनाएको छ । घाइतेको विवरण अझै खुल्न नसकेकाले मृतकको संख्या बढ्न सक्ने प्रहरीको प्रारम्भिक अनुमान रहेको छ ।