नुवाकोट,इलाम,दोलखा तगायतका ठाउँमा शंकास्पद बस्तु निष्क्रिय

15
239

काठमाडौं, ७ मंसिर
पाँचथर : इलाम, फाकफोकथुम गाउँपालिका ४ स्थित राँके कच्ची सडक खण्डको ईमरिङ भन्ने स्थानमा बिहीबार फेला परेको शंकास्पद वस्तु निष्क्रिय पारिएको छ । कालो टेपले बाँधेको फ्याक्जिबल तारको एन्टेना जस्तोे शंकास्पद बस्तु फेला परेपछि प्रहरीको समन्वयमा भैरबीदल गण ओदिन, पाँचथरबाट खटिएको नेपाली सेनाको टोली उक्त बस्तु डिस्पोज गरेको थियो ।

दोलखा : भीमेश्वर नगरपालिका–६ को वडा कार्यालय अगाडी घ्यावापानीमा विहीबार फेला परेको सकेट बम निष्क्रिय पारिएको छ ।
सकेट बम जस्तो चिज बस्तु फेला परेपछि प्रहरीको समन्वयमा रणभीम गण चरिकोटबाट खटिएको नेपाली सेनाको टोलीले उक्त बस्तु डिस्पोज गरेको थियो ।

नुवाकोट : बिदुर नगरपालिका ४ स्थित जिल्ला निर्वाचन कार्यालयको कम्पाउण्ड नजिकै बिहीबार फेला परेको सकेट बम निष्क्रिय पारिएको छ ।
सकेटबम जस्तो शंकास्पद बस्तु फेला परेपछि प्रहरीको समन्वयमा श्रीनाथगण देविघाटबाट खटिएको नेपाली सेनाको टोलीले उक्त बस्तु डिस्पोज गरेको थियो ।
यस सम्बन्धमा स्थानिय प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।