नियन्त्रित लागूऔषध सहित पक्राउ

काठमाडौं, १८ मंसिर
काठमाडौं महानगरपालिका–९ गौशाला पिंगलास्थानस्थित सडक किनाराबाट नियन्त्रित लागूऔषध सहित २ जनालाई शनिबार प्रहरीले पक्राउ गरेको छ ।
लागू औषध नियन्त्रण व्यूरो कोटेश्वरको टोलीले सर्लाहीको कबिलास गाउँपालिका–१ बस्ने २४ वर्षीय दिपेशकुमार श्रीवास्तव र सर्लाहीकै चन्द्रनगर गाउँपालिका–७ का २४ वर्षीय बसन्तकुमार साहलाई नियन्त्रित लागूऔषध बुप्रिनर्फिन १ सय १२ एम्पुल, डाइजेपाम १ सय १२ एम्पुल र फेनारगन १ सय १२ एम्पुल, विभिन्न बैंकका भिषा कार्डहरु र आइएमई रसिदहरु सहित पक्राउ गरेको हो ।
उनीहरु उपर लागूऔषध मुद्धा दर्ता गरी थप अनुसन्धान भइरहेको उक्त ब्यूरोले जनाएको छ ।