नायब सुब्बाविरुद्ध मुद्दा दायर

20
278

काठमाडौँ, ५ मंसिर 

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले राजश्व विभाग करदाता सेवा कार्यालय पुतलीसडकमा कार्यरत नायब सुब्बा केशव स्थापित घर्ती मगरविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ ।
स्थायी लेखा नम्बर दर्ता खारेजी नगरी विभिन्न बहानामा सेवाग्राहीसँग घूस माग गरेको भन्ने उजुरीका आधारमा आयोगको टोलीले केही दिन पहिले उहाँलाई पक्राउ गरेको थियो ।

नायब सुब्बा घर्तीले सेवाग्राहीसँग रु ६ हजार घूस मागेको आयोगले जनाएको छ । आयोगले नायब सुब्बा घर्तीलाई जरिवाना र कैद सजाय माग गर्दै मुद्दा दायर गरिएको प्रवक्ता जीवराज कोइरालाले जानकारी दिनुभयो ।