नाईजेरियाबाट आयातित वन्यजन्तु तथा पंक्षीहरु सहित पक्राउ

6
340

नाईजेरियाबाट टर्कीको राजधानी ईस्तानवुलको हवाई बाटो हुदै नेपाल भित्र्याईएका विभिन्न प्रजातिका संरक्षित पशुपंक्षीहरु नेपालबाट भारतमा समेत खरिद , बिक्री तथा ओसरपसार गर्ने गरेको भन्ने विशेष सुचनाको आधारमा मिति २०७४/०६/३१ गते जिल्ला काठमाण्डौ का.म.न.पा. वडा नं-३ बाँसबारी सल्लाघारी स्थित संजिव भारीको घरमा जिवित चराचुरुङ्गीको साथमा अबैध रुपमा लुकाई छिपाई ल्याईएको CITES महासन्धी ले प्रतिवन्धित संरक्षित जिवित चिम्पाञ्जी, CITES को Appendix 1 र बाँदर प्रजातिहरु, CITES को Appendix 2 मा रहेका संरक्षित वन्यजन्तु सहित ओसार पसार तथा खरिद विक्री गर्ने कार्यमा संलग्न निम्न मानिसहरुलाई पक्राउ गरी थप अनुसन्धान गर्दा संगठित अन्तराष्ट्रिय गिरोहको समेत संलग्नता रहि गैर कानूनी रुपमा CITES ले प्रतिवन्धित वन्यजन्तु पैठारी गरिएको देखिएकाले संगठित अपराध निवारण ऐन,२०७० अनुसार अनुसन्धान भई रहेको छ ।

पक्राउ मानिसहरु:-
१. का.जि. का.म.न.पा. वडा नं. ३ बाँसबारी सल्लाघारी बस्ने बर्ष ४० को घरधनी संजिव भारी ।
२. भारत बिहार, पटना, मीर शिकार टोली वडा नं. ५४ घर भई हाल का.जि.का.म.न.पा. वडा नं. १५ स्वयम्भु बस्ने बर्ष ३४ को मोहम्मद उष्मान ।
३. भारत बिहार, पटना मीर शिकार टोली वडा नं. ५४ घर भएका बर्ष ५४ को मोहम्मद फईम ।
४. भारत उत्तरप्रदेश, भरानसी लखनउ स्थायी ठेगाना भएका बर्ष ३५ को चांदबाबू मोहम्मद शरीफ सहीद ।
५. जिल्ला बारा साबिक डुमरवाना गा.वि.स. वडा नं. ४ स्थायी ठेगाना भई हाल का.जि. बुढानिलकण्ठ -१० कपन बस्ने भन्सार एजेन्ट बर्ष ४२ को राज कुमार तिवारी ।
६. पाकिस्तान कराँची, NORTH NAZIMABAD, B-224 Block ‘A’ स्थायी ठेगाना भएका बर्ष ५५ को जावेद अस्लाम खान ।

संगठित अपराधको अनुसन्धान क्रममा थप पक्राउ गरिएका मानिसहरु :

१. जिल्ला झापा , भद्रपुर नगरपालिका वडा नं. ८ स्थाई वतन भई तत्काल त्रिभुवन अन्तराष्ट्रीय विमानस्थल भंसार कार्यालय, गौचरण,काठमाण्डौंमा नायव सुब्बा पदमा कार्यरत बर्ष ३१ को चुडामणी दाहाल (त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल भन्सार कार्यालयमा आएका सामानहरुको चेकजाँच गर्ने तथा चिम्पान्जी आएका बाकसको सतही रुपमा चेक गरि भन्सार एजेन्ट राज कुमार तिवारीसँग मिलि सामान पास गर्ने कार्य गरेको)

२. कृष्ण बहादुर शाहको छोरा जिल्ला अछाम साबिक बैजनाथ गा.बि.स. वडा नं. ६ हाल साँफेबगर नगरपालिका वडा नं. १ कालिमाटी स्थायी ठेगाना भई हाल पशु क्वारेन्टाइन कार्यालय काठमाण्डौमा पशु स्वास्थ्य प्राविधिक, राजपत्र अनंकित प्रथम, प्राविधिक सेवामा कार्यरत बर्ष ४२ को धिरेन्द्र बहादुर शाह (चिम्पान्जि समेतका सामानहरु आएको समयमा त्रिभुवन विमानस्थलमा पशु क्वारेन्टाईन कार्यालयमा डिउटी रहेता पनि पशु क्वारेन्टाईन चेकजाँच नगरि पशु क्वारेन्टाईनको पत्र भन्सार एजेन्ट राजकुमार तिवारीलाई उपलब्ध गरेको)

जिवितै उद्दार गरिएका पशु पंक्षीहरु :-

१. चिम्पाञ्जी संख्या-२ओटा,
२. बाँदर प्रजाति संख्या-८ओटा,
३. गोल्डेन फेजन चरासंख्या-७ओटा,
४. रिङनेट फेजन चरासंख्या-२ओटा,
५. परेवा संख्या- ३८ ओटा,
६. सुगा संख्या-६५ ओटा।