रौतहट, ४ असोज ।

सबैका प्रिय र पुननिर्मणका अग्रणी तथा कलाकार सिताराम कट्टेल ‘धुर्मुस’ले आज आफ्नो जन्मदिनको अवसरमा रौतहतको सन्तपुरमा एकीकृत वस्ती निर्माण को शिलान्यास गर्नुभएको छ । आज बिहान रौतहटको सन्तपुरमा आयोजित कार्यक्रममा सिताराम र उहााकी श्रीमती श्रीमती कुञ्जना घिमिरेले बस्ती निर्माणको शिलान्यास गरि एकिकृत बस्तिनिमार्णको शुभारम्भ गर्नुभएको हो । ५ करोड ७५ लाखमा निर्माण हुने उक्त वस्ती माझी, मुसहर, हजाम र देशार समुदायका लागि बनाउन लागिएको कलाकार सितारामले बताउनुभयो । भूकम्पपछि सामाजिक काममा सक्रिय रहनुभएका कलाकार सिताराम र कुञ्जनाले धुर्मुस(सुन्तली फाउण्डेशननै सञ्चालन गरेर जनसेवा गरिरहनुभएको छ । धुर्मस सुन्तली फाउण्डेशनले यसअघि गिरान्चौर र मुसहरहरुका लागि सामूहिक वस्ती निर्माण गरेर हस्तान्तरण गरिसकेको छ । आउदो माघसम्म वस्ती निर्माण सक्ने योजना बनाउनुभएका धुर्मुस(सुन्तलीले बस्ती निमार्णको लागी सबैका आवस्यकता रहेको बताउनुभयो ।

 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here