विश्वस न्युज डट कम राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा हामि कहिल्यै कसैसँग सम्झौता गर्ने छैनाै ।

धादिङबेसीमा आगलागी : एउटा घर पुर्णरुपमा जलेर नस्ट

धादिङ, २९ जेठ ।

धादिङको धादिङबेसीको पुछार बजारमा आइतबार राति आगलागी भएको छ । पुछार बजारका प्रेम श्रेष्ठको घरमा विद्युत सर्ट भएर आगलागी भएको हो । आगलागीबाट घर पूर्णरुपमा नष्ट भएको छ ।
घरमा रहेको कस्मेटिक पसल तथा फर्निचर सबै नष्ट भएको प्रहरीले जनाएको छ । बारुण यन्त्र, प्रहरी, सेना र स्थानीय बासिन्दाको सहयोगमा दुई घण्टापछि आगो नियन्त्रणमा लिइएको थियो ।

You might also like