धादिङको प्रजिअ भण्डारी, ३१ प्रजिअको काज सरुवा, कहाँ को पुगे?? (सुचिसहित)

धादिङ, २६ साउन ।
धादिङ जिल्लामा नया प्रमुख जिल्ला अधिारी आउनुहुने भएको छ । गृह मन्त्रालयले ३१को प्रजिअ सरुवा गर्ने क्रममा श्यामप्रसाद भण्डारी लाइ धादिङ पुराएको हो । मन्त्रालयले राजपत्रांकित प्रथम श्रेणीका १० र द्वितीय श्रेणीका २१ प्रजिअको काज सरुवा गरेको हो । सोअनुसार केदारनाथ शर्मा काठमाडौँ, विनोदप्रकाश सिंह पर्सा, ऋषिराम तिवारी झापा, रामप्रसाद आचार्य मोरङ, श्यामप्रसाद भण्डारी धादिङ, बाबुराम श्रेष्ठ महोत्तरी, भागीरथ पाण्डे सप्तरी र महेश आचार्य स्याङ्जाको प्रजिअमा सरुवा हुनुभएको छ ।
यसैगरी कृष्णबहादुर कटुवाल राष्ट्रिय परिचयपत्र व्यवस्थापन केन्द्रका निर्देशकमा र वीरेन्द्रकुमार यादव गृह मन्त्रालयमा सरुवा हुनुभएको छ ।