धादिङको गजुरी नजिक माइक्रोबस दुर्घटना, २० जना घाइते

धादिङ, १० साउन ।
काठमाण्डौँबाट चितवन जाँदै गरेको र गोर्खा बाट काठमाण्डौ तर्फ आउदै गरेको माइक्रोबस दुर्घटना भएको छ । काठमाण्डौँबाट चितवन जाँदै गरेको बा ३ ख ३८ नम्बरको माईक्रोबस र गोर्खा बाट काठमाण्डौ तर्फ आउदै गरेको बा १ ज ५८७० नम्बरको माईक्रोबस धादिङको गजुरी २ मा दुर्घटना हुदा २० जना घाईते भएको प्रहरी चौकी गजुरीले जनाएको छ । प्रहरीका अनुसार घाईतेको गजुरी अस्पतालमा उपचार भैरहेको छ भने ३ जनालाई थप उपचारको लागि काठमाण्डौँ पठाईएको छ । तिब्र गतीका कारण दुर्घटना भएको हुनसक्ने प्रहरीको अनुमान रहेको छ ।