चलखेल , काठमाडौं ६ माघ । बलिउडका चर्चित सिने हस्तीलाई काठमाडौंमा उतारेर नेपाली पर्यटन प्रर्वधन गर्ने उद्धेश्य सहित ओडिसी इन्टरटेन्मेन्टले आगामी फागुनमा द ब्याङ् टुर नेपाल आयोजना गर्दैछ ।
बलिउड अभिनेता सलमान खान सहित प्रभु देव, कृति सनोन, सोनाक्षी सिन्हा लगायतका बलिउड हस्तीलाई मार्च १० मा टुंडिखेलमा उतार्ने तयारी भइरहँदा उनीहरूलाई नेपाल ल्याउनको लागि करिब १७ करोड भारू भारत पठाइदैंछ ।
२ हजारदेखि १० हजारसम्म पर्ने गरि टिकट विक्रिको तयारी गर्न लागेको ओडिसी इन्टरटेन्मेन्टले शुक्रवार मात्रै आयोजना गरेको पत्रकार सम्मेलनमा जानकारी दिएको थियो । तर टिकटको मुल्य निर्धारण गरिनसकेको ओडिसी इन्टरटेन्मेन्टले आगामी फेब्रुअरी देखि टिकट विक्रि खुल्ला गर्ने तयारी गरिरहेको छ, सलमानलाई ल्याउनको लागि खर्च अझ बढ्न सक्ने भएकाले टिकटको मुल्य तत्काल निर्धारण नगरिएको स्रोतले जानकारी दियो ।
पत्रकार सम्मेलनमा सलमानका भाई एवं शोहेल खान इन्टरटेन्मेन्टका प्रमुख शोहेल खानलाई निम्त्याएको ओडिसीले शुक्रवार मात्रै पनि सलमानलाई नेपाल ल्याउनको लागि एक करोड भारू भारत पठाइसकेको छ भने थप पठाउने तयारी गरिरहेको ओडिसी स्रोतले चलखेल अनलाइनलाई जानकारी दियो ।
ओडिसीले एनसेलसँग मात्रै पनि ५ करोडको प्रायोजनको लागि हस्ताक्षर गरिसकेको छ । प्रारम्भिक अनुमान अनुसार पनि सलमान सहित ९० जनाको टोली नेपाल आउँदा करिब १७ करोड भारू खर्च लाग्ने अनुमान गरेको छौं, स्रोतले जानकारी दियो । यसका अलवा टुबोर्गसँग पनि टाइटल स्पोन्सरको रूपमा सहमति भइसकेको छ ।
विनाशकारी भूकम्प र नाकाबन्दी पछि नेपालको पर्यटन क्षेत्रमा परेको नकारात्मक प्रचारलाई न्यूनिकरण गर्दै विश्वसामु नेपाल सुरक्षित गन्तव्य रहेको सन्देश दिने उद्धेश्य रहेको दाबी गर्दै आएको आयोजकले करोडौं रूपैंया विदेश पठाउन लागेको हो ।
करिब ५० हजार दर्शकलाई उतार्ने अपेक्षा गरेको ओडिसीले नेपाली पर्यटन क्षेत्र उकास्ने भनेर भारतीय कलाकारलाई ल्याउनलाई तयारी गरिसकेको छ भने उनीह?सँगै मञ्चमा देखिने भनेका नेपाली कलाकारको भने टुंगो लगाउन अझै बाँकी छ ।
नेपालको पर्यटन प्रर्वधनको लागि करोडौं रूपैंया विदेश पठाएर विदेशी कलाकार ल्याउन लागेको ओडिसी इन्टरटेन्मेन्ट यसअघि पनि विवादमा तानिएको थियो । एमएलटीआर, ब्रायन एडम्स लगायतका कलाकारलाई नेपाल ल्याएको ओडिसीले यसअघि पनि एक विदेशी कलाकारलाई नेपाल ल्याउने भनेको भएपनि अन्तिम समयमा आएर विक्रि भइसकेको टिकट पनि रद्द गरेको थियो भने केही दर्शकको टिकटको पैसा अझै पनि फिर्ता गरेको छैन ।
अहिले पनि ओडिसीले शोहिललाई नेपाल ल्याएर विश्वास कमाउन खोजिरहेको छ तर अझै पनि सलमान लगायतको टोली नेपाल आउला भन्नेमा आशंका अझै पनि छ, ओडिसीसँग सम्बद्ध अर्का एक व्यक्तिले बताए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here