दोस्रो खुला राष्ट्रिय ब्याडमिन्टन प्रतियोगिता उपाधी दिदिभाइलाइ

5
578

काठमाडौं, २४ भदौ ।

दोस्रो खुला राष्ट्रिय ब्याडमिन्टन प्रतियोगितामा को एकल स्पर्धामा दिदी र भाइ बिजयी भएका छन् । खेलमा दिदि नङ्सलदेवी तामाङ रत्नजित तामाङ विजयी भएका हुन् । ज्येष्ठ ब्याडमिन्टन एकेडेमीले आयोजना गरेको प्रतियोगिताका दुवै संस्करणमा नङ्सल र रत्नजित विजयी भएका हुन् ।
फाइनलमा नेपाली सेनाकी नङ्सलले आफ्नै क्लबकी अमिता गिरीलाई २१–१३ र २१–१७ को सोझो सेटमा पराजित गराउनुभएको थियो भने सेनाकै रत्नजितले आफ्नै क्लबका नविन श्रेष्ठलाई २२–२० र २१–१८ ले पराजित गराउनुभएको थियो ।
१२ जिल्ला र ८ क्लबका गरी २१९ खेलाडीले विभिन्न ८ स्पर्धामा प्रतिस्पर्धा गरेको प्रतियोगिता का विजेताले २५ हजार तथा उपविजेताले १५ हजार रुपैयाँ पुरस्कार प्राप्त गरेको ब्याडमिन्टनका राष्ट्रिय प्रमुख प्रशिक्षक सुदीप योञ्जनले जानकारी दिनुभयो ।