तिलोत्तमा (रुपन्देही), ११ साउन ।

दुर्घटनामा परी जिल्ला शिक्षा कार्यालय रुपन्देहीमा कार्यरत विद्यालय निरीक्षक चन्द्रबहादुर कुँवरको मृत्यु भएको छ ।
बुटवल–भैरहवा सडकखण्डअन्तर्गत रुपन्देहीको पडसरीमा आज दिउँसो लु १ ख ५०२६ नं को ट्रकले सोही दिशाबाट आउँदै गरेको लु १८ प २६७८ नं को मोटरसाइलाई ठक्कर दिदा कुँवरको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ ।
घाइते कुँवरलाई उपचारका लागि भैरहवास्थित युनिभर्सल कलेज अफ मेडिकल साइन्सेसमा मृत्यु भएको हो । प्रहरीले ठक्कर दिने ट्रक र चालकलाई नियन्त्रणमा लिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here