दीपायल सिलगढी नगरपालिकाको मतगणना रोकियो, २० मतपत्र गायब

डोटी,  १९ असार ।

दीपायल सिलगढी नगरपालिकाको मतगणना रोकिएको छ । सो नगरपालिकाको १ नं वडादेखि ८ नं वडासम्म मतगणना भइसकेको थियो ।
९ नं वडाको मतगणना रोकिएको छ । ९ नं वडाका ३ वटा बुथका २० वटा मतपत्र गणना गर्दा नभेटिएपछि मतगणना रोकिएको मुख्य निर्वाचन अधिकृत नरनारायण पौडेलले बताए । सो वडामा जम्मा एक हजार ८८ मत खसेका थिए । त्यसमध्ये २० वटा मतपत्र हराएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । वडा नं ८ सम्मको मतगणना भइसक्दा नेपाली काँग्रेसका प्रमुखका उम्मेदवार विजय खड्का ९बाजी० ले तीन हजार ८५७ मत र उपप्रमुखमा प्रोसिस महराले तीन हजार ७८३ मत प्राप्त गरेका छन् । नेकपा एमालेकी प्रमुख उम्मेदवार मन्जु मलासीले तीन हजार ८७२ मत र उपप्रमुखमा शिवराज खड्काले चार हजार ४६ मत प्राप्त गरेका छन् । रासस