दाताको सहयोग सम्पन्नलाई नै बढी

दातृ निकायले मानव विकास सूचकांक (एचडीआई) सबैभन्दा उच्च भएको क्षेत्रमा नै सबैभन्दा बढी आर्थिक सहायता उपलब्ध गराउने गरेको विषयलाई आज नागरिक दैनिकले मुख्य समाचार बनाएको छ ।

आर्थिक वर्ष सन् २०१६–१७ मा दातृ निकाय तथा अन्तर्राष्ट्रिय गैरसरकारी संस्था (आईएनजीओ) ले नेपालमा गरेको खर्च समेटेर अर्थ मन्त्रालयले केही दिनअघि सार्वजनिक गरेको प्रतिवेदन (डेभलपमेन्ट कोअपरेसन रिपोर्ट) मा एचडीआई सबैभन्दा उच्च भएकामा प्रदेश नंम्बर १ र ३ दातृ निकायले सबैभन्दा बढी खर्च गरेको देखिएको छ ।

समाचार अनुसार, नेपालका सात प्रदेशमध्ये एचडीआई सबैभन्दा उच्च प्रदेश १ मा छ । त्यसपछि प्रदेश ३ मा आउँछ ।