दक्षिण अफ्रिकाको रंगशालमा भागदौड मच्चिदा २ जनाको मृत्यु,

अफ्रिका १५, साउन ।
दक्षिण अफ्रिकाको एक रंगशालमा फुटबल खेल भइरहेका बेला भागदौड मच्चिदा दुईजनाको ज्यान गएको छ । धेरैेै भिडभाड भएको बेला ठेलमठेल हुदा अन्य १७ जना घाइते भएका छन् । दक्षिण अफ्रिकाको जोहनसबर्गमा रहेको ठूलो रंगशालमा सोवेटो डर्बी भइरहेका बेला भागदौड मच्चिएको प्रहरीलाइ उदृत गर्दै समाचार संस्था रोयटर्सले जानकारी दिएको छ । काइजर चिफ्स र ओरलाण्डो पाइरेट्सबिचको खेलको क्रममा ८७ हजार दर्शक क्षमता रहेको रंगशालको गेटमा धकेलाधकेल हुँदा दुईजनाको ज्यान गएको हो । यता उक्त घटनापछी प्रि–सिजन कप अन्तर्गतको खेल भएको छ । रंगशालको गेट खोलेपछि अवस्था नियन्त्रणमा आएको र प्रि सिजन कप अन्तरगतको खेल भएको खेल पदाधिकारीले बताएका छन् ।