थोपा सिंचाइ के हो ? कसरी गरिन्छ?? यसमा पनी ठग्नसक्छन्?? (अन्तरबार्ता)

519
5925

थोपा सिंचाई प्रविधि भन्ने बित्तिकै इजरायलको नाम लिने गरिन्छ । तर नेपाल आफैंले पनि थोपा सिंचाई प्रविधि विकास गरेको छ भन्ने धेरैलाई जानकारी नहुन सक्छ । विदेशी प्रविधि भित्रिनु अघिदेखि नेपालले थोपा सिंचाई प्रविधिको विकास र विस्तार गरेको थियो । थोपा सिंचाईका अनुसन्धानकर्ता राजन गैरे नेपाली थोपा सिंचाई प्रविधिका जन्मदाता हुन् । लामो सयमसम्म आइडिई नेपाल नामक अन्तर्रा्ष्ट्रिय गैरसरकारी संस्था रहेर यससम्बन्धीको अनुसन्धान र विकासमा लागेका गैरेकै प्रयासबाट नेपालमा २०५५ सालदेखि थोपा सिंचाइ प्रविधिको सुरु भएको थियो । चितवन जिल्लामा जन्मिएका गैरे २०५२ सालदेखि आइडिई नेपालमा थोपा सिंचाइको अनुन्धान र विकासमा संलग्न रहेका थिए । लामो समय विभिन्न संघसंस्थामार्फत थोपा सिंचाइको परामर्शदाताका रूपमासमेत काम गरेका गैरे हाल नेपालमै सञ्चालनमा रहेको शीतल थोपा सिंचाइ प्रविधि उद्योगको प्रविधि व्यवस्थापकका रूपमा काम गर्दै आएका छन् ।
युएसएआइडी किसान परियोजनाको साझेदारीमा शीतल थोपा सिंचाइ प्रविधि उद्योगबाट पश्चिमका ११ जिल्लाका १० हजार कृषक प्रत्यक्षरूपमा लाभान्वित भइसकेको उनले बताए । थोपा सिंचाइ प्रविधिको बजारीकरण, कृषि प्रसारलगायतका हजारौं कृषक तथा सरकारी कृषि प्राविधिकलार्ई तालिम प्रदान गर्दै आएका गैरे हाल डिसिए, इको–नेपालको स्वच्छ बगैंचा, स्वच्छ घर नामक कार्यक्रमको संयोजकसमेत रहेका छन् । उनले गोरखाको ताङलिचोक गाविस तथा मकैसिंह गाविसका ७ सयजना कृषकलाई स्वच्छ बगैंचा, स्वच्छ घरसम्बन्धी विभिन्न तालिम प्रदान गरिरहेका छन् । प्रस्तुत छ, थोपा सिंचाइसँग सम्बन्धित विविध विषयमा गैरेसँग गरिएको कुराकानी ।

थोपा सिंचाइ प्रविधिको अनुसन्धानमा कहिलेदेखि लाग्नुभयो ?

२०५२ सालदेखि आइडिइ नेपाल नामक संस्थामा काम सुरु गरेसँगै यसको अनुसन्धानमा लागेको हुँ । करिब १२ वर्षसम्म सोही संस्थामा थोपा सिंचाइ प्रविधिको अनुसन्धान र विकासमा संलग्न थिए । पछिल्लो समय आइडिईकै प्राविधिक सहयोगमा नेपालकै शीतल थोपा सिंचाइ प्रविधि उद्योग स्थापना भयो । उद्योगले लामो समयको अध्ययन र अनुसन्धानपछि मात्रै २०५५ सालदेखि किसानलाई यो प्रविधि वितरण गरेको थियो ।

अनुसन्धान कसरी सुरु गर्नुभयो ?

सुरुमा त विदेशी प्रविधि नै भित्राइएको थियो । भारत, इजरायल, क्यानडाबाट थोपा सिंचाइ प्रविधि भित्राइएको थियो । तर विदेशी प्रविधि निकै महँगो भएकोले नेपाली किसानले उपयोग गर्नै नसक्ने अवस्था देखिएपछि नेपालमै यसको अनुसन्धान सुरु गर्ने सोचका साथ हामीले अनुसन्धान सुरु गरेका थियौं । नेपालको मध्यपहाडी क्षेत्रको सिंचाइका लागि यो प्रविधि निकै उपयोगी देखिएकोले आइडिईले अनुसन्धानका लागि बजेटसमेत छुट्यायो । त्यसपछि हामीले नेपालमै थोपा सिंचाइ प्रविधिको विकास ग¥यौं र परीक्षणसमेत ग¥यौं । गोरखा, कास्की लमजुङ र खुमलटारमा परीक्षण गरिएको थियो ।

विदेशीभन्दा कति सस्तो पर्छ ?

विदेशीभन्दा ६० प्रतिशत सस्तो हुनुका साथै गुणस्तरीय र किसानमैत्रीसमेत देखिएपछि प्रविधिको प्रवद्र्धन सुरु भएको हो । त्यसो त शीतल थोपाभन्दा पनि सस्तो प्रविधि पनि नभएको होइन तर विदेशी प्रविधि टिकाउ देखिएन ।

थोपा सिंचाइ प्रविधिको मापदण्ड छैन ?

अहिलेसम्म नेपालमा यसको मापदण्ड नै छैन । आयातकर्ता र किसानमासमेत यसप्रति सचेत देखिएका छैनन् । बिक्री गर्नेले पनि किसानलाई यसबारेका जानकारी दिएका छैनन् । इजरायली प्रविधिको थोपा सिंचाइ प्रयोग गर्दा एउटा टनेलका लागि १० हजार रुपैयाँ जति पर्न जान्छ भने नेपाली प्रविधिको थोपा सिंचाइ ३ हजार ३ सयदेखि ३ हजार ५ सय रुपैयाँसम्म पर्न जान्छ । यी दुवै प्रविधि राम्रा छन् । त्यसो त १६, १७ सय रुपैयाँको थोपा सिंचाइ प्रविधि पनि भित्रिएको छ तर त्यो टिकाउ हुँदैन । साँच्चै भन्ने हो भने इजरायलको नेटाफिङ र भारतको जैन इरिगेसनको तुलनामा नेपाली प्रविधि सस्तो र टिकाउ रहेको छ । किसानलाई यो प्रविधि जडान पनि सहज छ । पछिल्लो समय धेरै कम्पनी आएकोले थोपा सिंचाइ लुटेर खाने भाँडो बन्न थालेको छ । प्रविधि किसानमैत्री कतिको छ, कति टिकाउ छ, पानी झराइ एकरूपमा त छ कि छैन भन्ने भन्दा पनि प्रविधि बिक्री गर्दा कति फाइदा हुन्छ भन्नेमात्रै देखिएको छ । ड्रिपटेप भन्ने सस्तो प्रविधि पनि आएको छ, जुन रोल गर्न पनि सजिलो छ । यस्तो टेप भारतमा ४, ५ रुपैयाँ मिटरमा पाइन्छ तर यहाँ प्रतिमिटरको २० रुपैयाँमा बिक्री भइरहेको छ । यसमा भ्याट १ प्रतिशतमात्रै छ । यस्तो प्रविधि एक सिजनभन्दा बढी जाँदैन ।

थोपा सिंचाइप्रति किसानको आकर्षण कस्तो छ ?

पहिल्लो समय थोपा सिंचाइको माग बढ्दो क्रममा रहेको छ, सोही कारण पनि थोपा सिंचाइका नाममा ब्रम्हलुट भएको छ । तर पनि विदेशी प्रविधिभन्दा नेपाली प्रविधिकै बढी प्रयोग भएको छ । नेपाली थोपा सिंचाइ प्रविधि २०५५ सालदेखि नै प्रयोग सुरु भएको हो भने् विदेशी प्रविधि तथा २०६७, २०६८ सालदेखिमात्रै भित्रिएको हो । हालसम्म एकलाख १२ हजार किसानले नेपाली थोपा सिंचाइ प्रविधिको प्रत्यक्षरूपमा प्रयोग गरेका छन् । यो नेपाली प्रविधि नेपालमा मात्रै सीमित छैन, भारतमासमेत निर्यात हुने गरेको छ । भारतको सिक्किममा वार्षिकरूपमा २ ३ सय किसानले यसको प्रयोग गर्ने गरेका छन् । अफ्रिकी मुलुक घानालगायतका मुलुकमा पनि यसको प्रयोग भएको छ । अन्य मुलुकबाट पनि माग आएको छ तर झन्जटिलो निर्यात प्रक्रियाका कारण हामीले पठाउन सकेका छैनौं । विदेशको सामान नेपालमा जस्तो सामान पनि ल्याउन सकिने अवस्था छ तर नेपालबाट भने सहजरूपमा विदेश पठाउन सकिने अवस्था छैन । आइडिई विदेशमा पनि कार्यरत संस्था भएकोले पनि माग आएको हो ।

यसको माग बढ्दो क्रम कस्तो रहेको छ ?

यसको माग हरेक वर्ष बढ्दो क्रममा रहेको छ । वार्षिकरूपमा २० हजार किसान थपिने गरेका छन् । माग बढेसँगै हामीले देशैभर ६८ वटा डिलर विस्तार गरेका छौं । किसानलाई प्राविधिक सहयोगका लागि प्रत्येक जिल्लामा ४–४ जना सामुदायिक अभिकर्ता पनि खटाएका छौं । उनीहरूले किसानलाई थोपा सिंचाइका बारेमा जानकारी दिने र कृषिमा नर्सरीदेखि पोस्ट हार्भेस्टसम्मको तालिमसमेत दिने गरेका छन् । सम्बन्धित जिल्ला कृषि कार्यालयहरूसँगको सहकार्यमा यस्ता कार्यक्रम हुने गरेका छन् तर सबै जिल्लामा यस्तो सहकार्य हुन सकेको भने छैन । हामीले किसानले थोपा सिंचाइ प्रविधि किन्न आउँदैमा दिँदैनौं, किसानले यो प्रविधिको उपयोग गरेर फाइदा लिन सक्ने हो कि होइन, त्यसको अध्ययनपछिमात्रै प्रविधि उपलब्ध गराउँछौं ।

थोपा सिंचाइका लागि आवश्यक सामान कहाँबाट आउछ ?

कच्चा पदार्थहरू धेरैजसो सिंगापुर र कतारबाट आउँछ तर सबै सामग्री यहीँको उद्योगबाट उत्पादन हुन्छ । थोपा सिंचाइका लागि आवश्यक पाइप, फिटिस, सकेट, वाटर ट्यांकलगायत सबै सामग्री हामी यहीँ उत्पादन गर्छौं ।

नेपाली उत्पादन कत्तिको टिकाउ छ ?

प्रयोगशाला परीक्षणले १५ वर्ष भनेको छ । सामान्यतया १० देखि १५ वर्षसम्म प्रयोग गर्न सकिन्छ । त्यसो त कतिपय स्थानमा त्योभन्दा बढी समय टिकेको पनि पाइएको छ ।

यो प्रविधिलाई व्यवस्थित गर्न सरकारले के गर्नुपर्ला ?

थोपा सिंचाइ प्रविधिका नाममा यहाँ ब्रम्हलुट भएको छ । गुणस्तरीय र गुणस्तरहीन प्रविधि दुवै किसिमका बिक्रेताले टेण्डर हाल्ने गरेका छन् । १२ रुपैयाँ मिटरको पाइपवालाले पनि टेण्डर हालेको छ, ४० रुपैयाँ मिटरवालाले पनि टेण्डर हालेको छ । त्यसैले सरकारबाट यसको अनुगमन हुनुप¥यो, थोपा सिंचाइको मापदण्ड बनाउनुप¥यो । नेपाली प्रविधिमा समस्या छ भने पनि सचेत गराउनुप¥यो र आयातित प्रविधिको गुणस्तर नियन्त्रण हुनुप¥यो । नेपालमा बनेको प्रविधिको प्रवद्र्धनमा सहयोग गर्नुप¥यो किनभने यो प्रविधि नेपालका लागि आवश्यक छ । यो प्रविधिले सतह सिंचाइको तुलनामा ८० प्रतिशत पानी बचत गर्छ । थोरै पानीबाट धेरै सिंचाइ गर्न सकिन्छ । कामदारको लागत खर्च कटौती हुन्छ ।
, गैरे शीतल थोपा सिंचाई प्रविधि उद्योगका टेक्नोलोजी म्यानेजर हुन्

519 COMMENTS

  1. I don’t even know how I finished up right here, however I believed this publish was once
    good. I don’t realize who you might be but certainly you are going to a famous
    blogger if you are not already. Cheers!

  2. That is a really good tip particularly to those fresh to the blogosphere.
    Short but very precise information… Thanks
    for sharing this one. A must read post!

  3. входите к нам добрый день! я Переходите на наш сайт – 1хбет Рекомендованный сайт для проведения времени. Заходите и смотрите. Переходим к нам на сайт сюда. Сайт для всех нам. замечательный для сайтов. Если он хотите. рекомендуем 1хбет

  4. добропожаловать добрый! я Хотело бы порекомендовать наш сайт – https://chnyjx.com Рекомендованный сайт для проведения времени. Заходите и смотрите. Переходим к нам на сайт сюда. Сайт для нас. замечательный для сайтов. Если он хотите. рекомендуем 1tn

  5. Fireboy and Watergirl publishes some of the highest nobility games to hand online, all stock unengaged to play. Our gargantuan choice of games include some of the most played genres online, the most in being racing games, puzzle games, sortie games, MMO games and various more, all guaranteed to persist in you entertained pro hours to come. We arrogance ourselves on providing our users with original and productive thesis to have them entertained. So if you are looking for games for kids or to simply whine substandard a infinitesimal steam and purchase up some one of these days, sense laid-back to enjoy all that we proffer and return to contend with more countless games.

  6. Hi guys

    I do SEO for a CBD brand and you are one of our competitors. Whoever is doing your SEO, they are not doing a good job at all. Not sure what you are paying them but it is apparent that someone is just creating very risky blog comments on penalised sites which is only dragging you down on the SERPs. I am not going to offer you my services due to conflict of interest but do find someone online. Google something along the lines of “CBD SEO Backlinks Package for CBD Shops”.

    Anyway, best of luck with your SEO work. I thought I would give you a heads up so that you are not left in the dark.

    Sorry, I wish to remain anonymous. Do not try to contact me back because this is a fictitious email.

    Kind regards

    Ethical SEO Guy 🙂

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here