ताला लाउने की-तोड्ने छलफल गर्नुस, इगो बोकेर शहरलाई पछि पार्ने हो भने राजीनामा दिनुहोस् र मज्जाले झगडा गर्नुस (भिडियोसहित)

0
73

काठमाडौँ महानगरपालिका मेयर र उपमेयरको दोहोरीले आज चर्चा पाएको छ । विशेषगरी पुरातात्विक महत्वको मल्लकालिन सम्पदा रानी पोखरी पुनः निमार्णलाई लिएर विभिन्न टिका टिप्पणी हुन थालेको छ ।

मोवाइल काण्ड देखी स्मार्ट सिटि, मोनो रेल, मेट्रो रेल सम्मका सपना बाँडेर मेयर डेवान दखि विवादमा छन् । मुलुकको राजधानीको मेयरबाट जे जस्तो अपक्षा गरिन्छ त्यसको छेउछाउमा पनि मेयरसाब नभएको टिप्पणी हुन थालिसकेको छ ।

सय दिन भित्र पुरा गर्छु भनेका बाचा अधुरा र अपुरा हुँदै गर्दा अब त मेयर उपमेयरको बेमेल सहतमा आएकोछ । महानगरपालिकाको उपमेयरले आज रानी पोखरीको पुनःनिमार्ण रोक्न ताला लगाएको केही घण्टा भित्रै मेयरले ताला तोडेका छन् ।

 

 

 

 

 

 

 

ताला तोड्नुको मतलब रानीपोखरीको पुनः निमार्ण नरोक्नु भन्ने नै हो । पुरातत्व विभागको अनुमती नलिएको रहेछ भनेर उपमेयरले ताला लगाएको रानीपोखरीको ताला जब मेयरले फोडे त्यसले मेयर उपमेयर विचको विकराल अन्तरद्धन्दको ताला पनि सँगै तोडियो ।

शहरहरु आधुनिक हुनु पर्ला तर काठमाडौं शहर एक सांस्कतिक, पुरातात्वीक अनि कलाकृतिको मौलिकताले भरीपुर्ण शहर हो । यो शहर हेर्ने मानिसहरु ठुला ठुला गगन चुम्वी भवन हेर्ने रहर बोकेर होइन पुरातात्विक महत्वका कलाकृति र ऐतिहासिक धरहरा हेर्न आउँछन् ।

यो कुरा छाडिदिँउ अहिलेलाई तर राजधानी शहरका मेयर उपमेयर अफिसमा मिटीङ गरेर आउन सक्दैनन् ? विहान उपमेयर आउने ताला लगाउने दिउँसो मेयर आएर ताला तोड्ने ?

केटाकेटी पनको हद भयो यो त । यो शहर तपाईहरुको निजी सम्पत्ती होइन र जनताले तपाईहरुलाई एक अर्काको मुखै नर्हेन र सार्वजनिक ठाउँमा चटक देखाउन आफ्नो अमुल्य भोट दिएका होइनन् ।

अरु देशका शहर र राजधानीहरु ति देशका शान हुन, इज्जत हुन । २४ घण्टा मेहनत गरेर मेयर उपमेयरहरु कामको बाँडफाँड गर्छन र दिन २ गुणा रात चौगुना काम गरेर शहर झकी झकाउ बनाउँछन् । क्या शानदार सडक, पेटी, सार्वजनीक सवारी, पार्क २४ सै घण्टा खाना, मनोरञ्जन यातायातको सबिधा भएको शहर बनाउँछन् ।

हाम्रो हालत हेर्नुस त । ताला लाउने की तोड्ने भन्ने कुरा अफिसमा बसेर छलफल गर्नुस । सुन्नेलाई लाज हुने गरी आआफ्नो इगो बोकेर हाम्रो यो शहरलाई पछि पार्ने हो भने राजीनामा दिनुहोस र मजाले झगडा गर्नुस ।

धेरै सक्षम मानिसहरु हारेर तपाईहरुले चुनाव जित्नु भएको हो । ५ बर्षको लागि राजै भइयो भन्ने सोेचेर होइन, ५ बर्ष महानगरको सेवा गर्छु भनेर काम गर्नुहोस् ।

५ बर्षमा मुहार फेरेका कयौँ देशका सयौँ शहरहरुको राजा २ मिनेट गुगलमा खोजे पनि पाइन्छ तर यो शहरलाई ५ बर्षमा बदल्न सक्नु भएन भने तपाईलाई भोट दिनेहरुको नाक च्वाट्टै काटिन्छ ।

काठमाडौँ महानगरापालीकाका मेयर तथा उपमेयर ज्युहरु, आफ्ना भोटरहरुको नाक काटेर आफ्नो नाक के फुलाउने ?/News42

 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here