वालिङ, २८ जेठ ।

सामान्य विषयमा विवाद हुँदा पुतलीबजार नगरपालिका–७ ठूलाडिहीमा ढुङ्गाले हानेर आज एक पुरुषको हत्या गरिएको छ ।
स्थानीय ६० वर्षीय हरिप्रसाद रेग्मीले आफ्नै बारीमा घाँस काट्न गएका सोही ठाउँका ५० वर्षीय रघुनाथ रेग्मीको ढुङ्गाले हानेर हत्या गरेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक वीरबहादुर पुलामीले जानकारी दिनुभयो ।
प्रहरीले हरिप्रसादलाई नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरेको छ । रासस

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here