डोजरमा किचिएर १ जनाको मृत्यु

File photo

ओखलढुंगा, ३ फागुन
ओखलढुंगामा डोजरले किचेर एक जनाको ज्यान गएको छ । आज (मंगलबार) दिउँसो घडेरी सम्याउने क्रममा खिजीफलाटेका ४५ वर्षका ज्ञानबहादुर सुनुवारको ज्यान गएको हो ।
डोजर घुमाउँदा बकेटले किचेर सुनुवारको घटनास्थलमै मृत्यु भएको ओखलढुंगा प्रहरीले जनाएको छ । घटना पश्चात डोजर चालक रामेछापका बुद्धिबहादुर मोक्तानलाई नियन्त्रणमा लिएर अनुसन्धान थालेको प्रहरीले जनाएको छ ।

You might also like