डा भट्टराई अस्पतालबाट डिस्चार्ज

भक्तपुर, २६ साउन ।

मूत्रथैलीको शल्यक्रिया गरी विगत छ दिनदेखि अस्पतालमा रहनुभएका नयाँ शक्ति पार्टीका संयोजक डा बाबुराम भट्टराई घर फर्किनुभएको छ ।
डा भट्टराईको भक्तपुरस्थित नागरिक सामुदायिक अस्पतालमा गत शुक्रबार मूत्रथैलीको शल्यक्रिया गरिएको थियो । उहाँको उपचारमा रु ८५ हजार खर्च भएको अस्पताल प्रशासनले जनाएको छ ।
बुधबार अस्पतालबाट घर फर्किनेक्रममा डा भट्टराईले स्वदेशमै पनि स्तरीय स्वास्थ्य सेवा लिन सकिने भन्दै उपचारका नाममा विदेश धाउने प्रवृत्तिको अन्त्य गर्नुपर्ने बताउनुभयो ।
यसैगरी मन्त्रिपरिषद्का पूर्व अध्यक्ष खीलराज रेग्मीले भट्टराईको स्वास्थ्य अवस्थाबारे जानकारी लिनुभएको थियो ।