डा. केसी पुन अनसन बस्दै

12
421

काठमाडौं, ९ असोज ।
आफुले राखेको मागलाइ सरकारले अबज्ञा गरेको भन्दै प्र.डाक्टर गोविन्द केसी आजबाट फेरी अनसनमा बस्न लाग्नुभएको छ ।

यसअघी डाक्टर केसीले चिकित्सा शिक्षा विधेयकलाई लिएर २० गतेबाट अनसन बस्ने चेतावनी दिनुभएको थियो तर, संसदमा विचाराधीन विधेयक तोडमोड गरेर पारित गर्ने अन्तिम तयारी भइरहेको भन्दै डा. केसीले आजैदेखि अनसन थाल्ने चेतावनी दिनुभएको हो । आफुले स्वास्थ्य क्षेत्रमा भैरहेको अनियमितता बारे सरकार मौन रहेको भन्दै केसीले यसअघी पनी धेरैपटक अनसन बस्नुभएको थियो । अनसनको बिषयमा डाक्टर केसीले अहिले विहान ११ बजे पत्रकार सम्मेलन गर्ने जानकारी दिनुभएको छ ।