डलर देखाई ठगी गर्ने पक्राउ

0
228
File Photo

काठमाडौँ, १ पुस
डलर देखाई नगद ठगी गर्ने उदयपुर जिल्ला पद्मावति–४ घर भई ललितपुर धापाखेल बस्ने २४ बर्षीय चन्द्र बहादुर मगर र धादिङ ढुवाकोट घर भई ललितपुर सातदोबाटो बस्ने २१ बर्षीय मिलन दाहाललाई प्रहरीले पक्राउ गरेको छ ।

उनीहरुले मंसिर ११ गते सिन्धुली झागाझोली रातामाटे–१ घर भएका २० बर्षीय हेमन्त पुरीलाई काठमाडौँ महानगरपालिका–१४ कुलेश्वर गणेश मन्दिर नजिक बोलाई युएस डलर देखाई २ लाख ३९ हजार रुपैयाँ ठगी गरी फरार भएका थिए । 
महानगरीय प्रहरी बृत्त कालिमाटीबाट खटिएको प्रहरी टोलीले उनीहरुलाई शुक्रबार ललितपुर महानगरपालिका–२४ धापाखेलबाट पक्राउ गरेको हो । प्रहरीले उनीहरुको साथबाट १ लाख रुपैयाँ समेत बरामद गरेको छ ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

२०७४ पुस १ गते प्रकाशित