ट्राफिक प्रहरीकाे एकहप्ते सचेतना अभियान आजदेखि

0
128

काठमाडाैं २ पुस 

सार्वजनिक सवारी साधनमा पालोमा बसेर सवारी चढ्ने र ओर्लने सम्बन्धी एकहप्ते सचेतना अभियान आजबाट महानगरीय ट्राफिक प्रहरी महाशाखाले सुरु गरेको जनाएकाे छ ।
उपत्यकाको सामाखुसी, खुसीबु, महाराजगञ्ज, गौशाला, चावहिल, नयाँ बानेश्वर, कोटेश्वर, कुपण्डोल, एनएसी, र भक्तपुरको ठिमीमा यो अभियान सुरु गरिएको हाे ।
महाराजगंज क्षेत्रमा बिहान ९ देखी ११ बजे सम्म र अन्य स्थानमा भने बिहान १० देखी १२ बजे सम्म यो अभियान सञ्चालन भईरहेको ट्राफिक प्रहरीले जनाएकाे छ ।

रातोपाटी

२०७४ पुस २ गते प्रकाशित

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here