जब तस्करले लागुअाैषध भरिएकाे बाेरा छाडेर भागे…

सप्तरी २५ पुस । राजबिराज नगरपालिका–६ स्थित सडकबाट प्रहरीले अवैध लागू औषध डाएलेक्स–डिसी ९६ थान बरामद गरेको छ ।
जिल्ला प्रहरी कार्यालय सप्तरीबाट खटिएको प्रहरी टोलीले सोमबार स.१प ५०१६ नम्बरको मोटरसाइकललाई रोक्न खोज्दा चालकले मोटरसाइकल छाडेर भागेपछि मोटरसाइकलको पछाडी लाष्टिकको बोरा भित्र राखेको झोलाबाट उक्त लागूऔषध बरामद भएको थियो । फरार चालकको प्रहरीले खोजतलास गरिरहेको छ ।
यस सम्बन्धमा स्थानीय प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।